बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

राजावासमा अग्नि पिढित मण्डल परिवारलाई कांग्रेसको सहयोग ।

शुक्रवार, कार्तिक १२, २०७८

वराहक्षेत्र - ९ राजाबास स्थित आगो लागि पिढित बिनोद मण्डलको परिवारलाई नेपाली कांग्रेस वराहक्षेत्रका नेताहरुले खाद्यन उपलब्ध गराएका छन् । बिहिवार राति करिब ७ बजेको समयमा मण्डलको घरमा आगोलाग्दा घरमा रहेको खाद्यन र लताकपडा पुर्ण रुपमा क्षति भएका थियो । प्रकासपुर प्रहरी चौकीका प्रमुख प्रहरी साहयक निरिक्षक बिनोद दाहालका अनुसार साझको समयमा पुजा गर्दा बालिने साझ बत्ति ( दियो ) आगो फैलदा आगो लागि भएको हो । पक्का घर भए पनि माथि सेन्टर बेरा बासका सामाग्रीबाट गरेका कारण आगो फैलिएको थियो । स्थानियबासि , प्रहरी र नगरपालिकाको वारुण यन्त्रको सहयोग आगो नियन्त्रणमा लिएको दाहालले बताए । दाहालका अनुसार आगो लागिबाट लत्ताकपडा , खाद्यन , टिभि लगाएका साम्रागी क्षति भएको थियो । चटपटे , चप लगाएका साम्रागि बिक्रि गरेर जीवन निर्वाह गरि रहेका मण्डलको घरमा आगो लाग्दा खाद्यन सबै क्षति पुराए पछि नेपाली कांग्रेस वडा नं ९ समितिको समन्वयमा नेपाली कांग्रेस नगर समितिका नेताहरुले खाद्यन सहयोग गरेका छन् । शुक्रवार बिहाननै आगोलागिबाट पिढित मण्डलको घरमा पुगेर नेपाली कांग्रेस नगर सभापति रमेश कार्कीले २ बोरा चामल , नुन , तेल , दाल , सब्जी लगाएका खाद्यन उपलब्ध गराएका हुन् । सभापति कार्कीसंगै राई संघ सुनसरी सभापति सन्त राई , नेपाली कांग्रेस वडा नं ९ सभापति , क्षेत्रिय प्रतिनिधि जोन लिम्बू लगाएका नेताहरु पुगेका थिए । खाद्यन र लगाकपडासंगै २० हजारजति नगद गरि २ लाख भन्दा बढिको क्षति भएको बिढित बिनोद मण्डलले बताए।

सम्बन्धित खबर