बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

एमाले अध्यक्ष अाेलीकाे गृहनगरमा ज्ञाननाथ अध्यक्ष ।

मङ्गलवार, कार्तिक ९, २०७८

झापा - नेकपा एमाले दमक नगर कमिटीको प्रथम अधिवेशनबाट ज्ञाननाथ पोखरेल अध्यक्षमा सर्वसम्मत चयन हुनु भएको छ । मंगलबार सम्पन्न अधिबेशनले अध्यक्षमा पोखरेल सहित उपाध्यक्षमा मेदनी खरेल , सचिवमा इन्द्र गुरुङ सर्वसम्मत चयन हुनु भएको छ । यता उप सचिवमा भने २ जनामात्रको सिटमा ४ जनाको मनोनयन परेको छ । शन्तोष दुलाल, सिता कार्की, उर्मीला पाण्डे र यमुना गौतमले मनोनयन गराउनु भएको छ । योसँगै देशभरका पालिकाहरुको अधिवेशन आज भइरहेको छ । बाढि पहिरो प्रभावित क्षेत्रमा भने केहि पर सारिएको नेकपा एमालेले जनाएको छ ।

सम्बन्धित खबर