बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

घोराही तुलसीपुर सडक खण्डमा बस दुर्घटना ।

आइतवार, कार्तिक ७, २०७८

तुलसीपुर ७ कात्तिक । घोराही तुलसीपुर सडक खण्डमा बस दुर्घटना भएको छ । तुलसीपुर उपमहानगरपालिका ६ हात्तीखौवामा यात्रुवाहक बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।आज बेलुुका घोराहीदेखि तुलसीपुरतर्फ जाँदै गरेको रा ६ ख ७६३३ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो । गाडीमा सवार २१ जना घाईते भएका छन भने एक जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।ज्यान जानेमा घोराही उपमहानगरपालिका १० कटुकी बस्ने बर्ष २८ का प्रेम परियार रहेका छन् । घाईतेलाई उपचारको लागि तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा लगिएको छ ।दुर्घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । घोराही–तुलसिपुर जोड्ने फोरलेन सडक अस्तब्यस्त हुनुका साथै सडक भत्किएका कारण साघुरो हुँदा सामान्य ब्रेक लगाउदा सडक छेउमा पल्टिएर बस दुर्घटनामा परेको एसपि काफ्लेले बताए ।

सम्बन्धित खबर