निरु आचार्य नवरश्मी नेकपा एमाले अर्घाखाँची जिल्ला छत्रदेब गाउपालिका वडा नं. ०१ मा काजीबाबु ज्ञवाली को अध्यक्षतामा वडा कमिटि गठन भएको छ । आज सम्पन्न भएको वडा अधिवेशनले ज्ञवाली को अध्यक्षतामा वडा कमिटी चयन गरेको हो । उपाध्यक्ष मा फिर्दोस खान सचिब मा दिपक भुसाल लगायत ३१ सदस्यीय कमिटी गठन भएको चिदिका बाट नारायण अधिकारी ले जानकारी दिए । एमालेले आज जिल्लाका सवै वडाहरुमा अधिवेशन गरेको छ । देशभरका वडा अधिबेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट आज उद्घाटन गर्नुभएको थियो ।