बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

प्रदेश १ का मुख्यमन्त्रीले बिश्वासको मत लिदै ।

आइतवार, कार्तिक ७, २०७८

इटहरी । प्रदेश १ का मुख्यमन्त्री भीम प्रसाद आचार्यले आज (आइतबार) विश्वासकाे मत लिने भएका छन ।दिउँसाे १२:३० मा बस्ने प्रदेशसभा बैठकमा विश्वासकाे मत लिने भएका हुन । शुक्रबारनै बिश्वासको मत लिने तयारी भएपनि मुख्यमन्त्री आचार्यले सो दिन प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रस्ताव टेबुल गराएका थिए । नेपालको संविधान धारा १८८ को उपधारा २ र प्रदेशसभा नियमावली २०७४ को नियम १२८ को उपनियम ४ बमोजिम मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने प्रस्ताव सदनमा पेस गरेका छन् । एमालेका १० प्रदेश साम्सद नेकपा (एकीकृत समाजवादी) मा गएपछि आचार्य अल्पमतमा परेका हुन् । अल्पमतमा परेपछि बहुमत पुर्‍याउन आचार्यले कसरत गरिरहेका छन् । प्रतिपक्षी गठबन्धनमा हलचल नभए आचार्यले बिश्वासको मत पाउने सम्भावना देखिन्दैन । ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेशसभामा एमालेसँग सभामुखसहित ४१ जना प्रदेशसभा सदस्य छन् । एक जना प्रदेश साम्सद फरार छिन् । बहुमतका लागि ४७ सदस्य आवश्यक पर्ने प्रदेश सभामा गठबन्धनको पक्षमा ५० साम्सद कायम छन् ।

सम्बन्धित खबर