बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

फेरि प्रधानमन्त्री बन्न ओलीलाई बुबा मोहन ओलीको आशिर्वाद ।

आइतवार, कार्तिक ७, २०७८

झापा - एमाले अध्यक्ष केपी ओलीलाई फेरि प्रधानमन्त्री बन्न उनका बुबा मोहन ओलीले आशिर्वाद दिएका छन् ।आइतबार तीन दिने भ्रमणका लागि झापा आइपुगेका ओलीलाई बुबा मोहनले प्रधानमन्त्री बन्न आशिर्वाद दिएका हुन् ।

घर आइपुगेका छोरा केपी ओलीलाई आशिर्वाद दिँदै बुबा मोहनले भने, ‘ केपी ओली फेरि प्रधानमन्त्री बन्ने योग छ । मेरो आशीर्वाद पनि छ । प्रधानमन्त्री भएपछि अब ५ वर्षलाई हुन्छ । फागुनपछि हुने योग छ । एकदम राम्रो योग छ । सफल होस् मेरो शुभकामना छ ।

’काठमाडौं एक्लै घुम्न जान नपाइने भएकाले आफूलाई झापा नै मन पर्ने भन्दै मोहनले झापामा औषधि उपचारमा सहयोग गर्न पाइने बताए ।‘म काठमाडौ जान्नँ । उता घुम्न पाइन्नँ । घरभित्रै थुनिनुपर्छ । यहाँ घुम्न पाइन्छ । ओखती उपचारमा सहयोग गर्नुपर्छ । छोरासँग बेला बेला फोनमा कुरा हुन्छ । काठमाडौं बोलाउँछ । तर, मलाई यतै ठिक लाग्छ । यता एक्लै डुल्न पाइन्छ । उता निस्किन पनि पाइँदैन’, ९३ वर्षीय मोहनले भने ।झापाको भद्रपुर–१ मा बुबा तथा पारिवारिक सदस्यलाई भेट्न ओली पुगेका हुन् ।

सम्बन्धित खबर