बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेकपा एमालेको हल्दिबारीमा ५ वटै वडामा सर्वसम्मत नेतृत्व चयन ।

शनिवार, कार्तिक ६, २०७८

नेपाल कम्युनिष्ट पार्टी एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत भएको वडा अधिवेशनमा झापाको हल्दिबारी गाउँपालिका सवै वडाहरुमा सर्वसम्मत् नेतृत्व चयन भएको छ । 

शनिवार भएको अधिवेशन अन्र्तगत गाउँपालिकाका ५ वटै वडाहरुमा सर्वसम्मत् नेतृत्व चयन भएको नेकपा एमाले हल्दिबारी गाउँपालिका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए । ५ वटै वडामा ३१ सदस्यीय नेतृत्व चयन भएको छ । 

वडा नं. १ को अध्यक्षमा सोमनाथ सुवेदी, उपाध्यक्ष काशिनाथ सापकोटा, सचिव खड्ग तामाङ, सहसचिवमा सोम सुवेदी र तीर्थमाया थुलुङ चयन भएका छन् । वडा नं. २ को अध्यक्षमा लक्ष्मी दंगाल, उपाध्यक्षमा विष्णु राई, सचिवमा संजिव राई र सहसचिवमा रोमन प्रसाई र प्रतिमा राजवंशी चयन भएका छन् । 

त्यस्तै वडा नं. ३ को अध्यक्षमा अजित विष्ट, उपाध्यक्षमा अशोक मेचे, सचिव बलराम गिरी र सहसचिवमा हरि मिश्र र शर्मिला विक चयन भएका छन् । भने वडा नं. ४ को अध्यक्षमा शैलेन्द्र सिटौला सर्वसम्मत भएका छन् । उपाध्यक्ष चन्द्र बहादुर राई, सचिव गिता भण्डारी र सहसचिवमा योगेश दाहाल र तुलसी पोखरेल चयन भएका छन् । त्यसैगरी वडा नं. ५ को अध्यक्षमा याम गिरी, उपाध्यक्षमा दिपक तामाङ, सचिव यामबहादुर बस्नेत र सहसचिवमा हरि तिवारी र पुनम भट्टराई चयन भएको सापकोटाले जानकारी दिए । सबै वडा कमिटी ३१ सदस्यीय बनाइएको छ ।

सम्बन्धित खबर