बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

अध्यक्ष ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेको नेकपा एमाले झापा विर्तामोड ५ मा वाँस्कोटा सर्वसहमत ।

शनिवार, कार्तिक ६, २०७८


झापा, कार्तिक ६,
नेकपा एमाले १०औँ अधिवेसन वाट झापाको विर्तामोड नगरपालिका वडा नं. ५ मा लक्ष्मि प्रसाद बाँस्कोटा पाटिको वडा अध्यक्षमा सर्वसहमत चयन हुनुभएको छ । नेकपा एमाले विर्तामोड नगरपालिका वडा नं. ५का निवर्तमान अध्यक्ष ढाँचाराज कडरीयाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले स्थाई समितिका सदस्य नरेस खरेलको प्रमुख अतिथ्यता रहेको थियो । वडामा ३१ जना सदस्य सहित एक अध्यक्ष एक उपाध्यक्ष एक सचिव र २ उप सचिव लगायतमा समेत सर्वसहमत समिति चयन भएको छ । जसमा अध्यक्ष पदका लागि लक्ष्मि प्रसाद वाँस्कोटाको एक मात्र उमेद्वारी परेको थियो भने अन्य पदमा भने समझदारी गरेर वडा समिति चयन भएको थियो ।
नव गठित समितीमा अध्यक्ष लक्ष्मि प्रसाद वाँस्कोटा, उपाध्यक्ष तारा चाम्लिङ सचिव अम्विका लिङ्देन उप सचिव दिपक चम्लागाई र विषाल धिमाल चयन भएका छन ।
अध्यक्ष वाँस्कोटा विर्तामोड नगरपालिका वडा नं. ५ वाट निर्वाचित जनप्रतिनिधी समेत हुनुहुन्छ । वडामा जनप्रतिनिधी हुँदाका बखत आम नागरिकको नजरमा राम्रो छवी वनाएका वाँस्कोटा वडाको पुर्वाधार विकास समितीको संयोजक समेत हुनुहुन्छ । स्थानिय तह अन्तर्गत भएको निर्वाचनमा वडामा नेकपा एमालेको तर्फ वाट सम्पुर्ण टिमलाईनै विजय गराउनमा समेत वाँस्कोटाको राम्रै योगदान रहेको थियो । पटि र संगठनकालागी घर परिवार नभनि दिन रात समय खर्चिने गरेका वाँस्कोटा वडाको राम्रै नेताको रुपमा परिचित हुनुहुन्छ ।
नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडा अधिवेशन भएका छन् । वडा अधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरि अधिवेसन उद्घाटन भएको छ ।
एमाले केन्द्रीय कार्यालयले त्यसका लागि तयारी पूरा गरिसकेकामा हालैको बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही समयपछि अधिवेशन हुने जनाएको छ । यस्तै यही कात्तिक ९ गते सबै पालिकास्तरमा अधिवेशन हुनेछ । एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको मापदण्ड तय गर्न सो पार्टीले यही कात्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
नेकपा एमालेको विधानले विसं २०७७ चैत मसान्तसम्म पार्टी सदस्य भएकालाई महाधिवेशन प्रतिनिधि बन्न योग्य बनाइएको छ । आगामी मङ्सिर १० देखि १२ गतेसम्म एमालेको दशौँ महाधिवेशन वाग्मती प्रदेशको चितवनमा हुने जनाइएको छ । चितवनमा हुने एमालेको महाधिवेशनमा भने निर्वाचन प्रयोजनका लागि विद्युतीय भोटिङ मेशिनको प्रयोग गरिने जनाइएकोछ ।
एमालेको स्थायी कमिटीको शुक्रबारको बैठकले महाधिवेशनका लागि नेता रामबहादुर थापाको संयोजकत्वमा गठित २१ सदस्यीय मूल व्यवस्थापन समितिको सहसंयोजकमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र सचिवमा विष्णु रिमाललाई तोक्नाका साथै समितिका केही सदस्य थप गरेको छ ।

सम्बन्धित खबर