बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

पाँचथर अपेडेट, मिक्लाजुङमा २१ मृत्यु, ३ बेपत्ता ।

शुक्रवार, कार्तिक ५, २०७८
Sancharmanch

जितेन्द्र भण्डारी पाँचथर कार्तिक ३,

पाँचथरको मिक्लाजुङ गाँउपालीकामा पहिरो तथा खोलेले बगाउदा २१ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता भएकाे गाँउपालीका अध्यक्ष अमर माखिमले जानकारी दिएका छन् । गाँउपालीका अध्यक्ष माखिमका अनुसार विभिन्न गाँउमा गएको पहिरो र खोलाले बगाउदा यतिको संख्यामा मृत्यु भएको हो । २४ जनामा मध्ये २१ जनाको शव भेटिएको छ । अविरल बर्षाका कारण पहिरो जदा मिक्लाजुङमा ठुलो क्षती हुन पुगेको छ । उनका अनुसार मिक्लाजुङ–५ मा १५ जनाको मृत्यु २ बेपत्ता वार्ड न. १ मा २, वार्ड २ मा २ जना, ४ मा खोलाले बगाएर १ जना बेपत्ता भएका छन् । यस्तै ७ मा २ जनाको मृत्यु भएको अध्यक्ष माखिमले जानकारी दिए । यस्तै फिदिम–४ मा दुई जना, फाल्गुनन्द गाँउपालीकामा–३ जना र कुम्मायमा पहिरोले पुरीएर एक जनाको मृत्यु भएको छ । टेलिफोन अवरुद्ध हुदाँ विभिन्न ठाँउमा भएको मृत्यु र क्षतीको घटना जानकारीमा आउन सकेको छैन् । जिल्लाका विभिन्न ठाँउमा दजर्नौ परिवार विस्तापित भएका छन् । मेची राजमार्ग लगायतका सडक अवरुद्ध छन् ।

सम्बन्धित खबर