बुधवार, असोज ३०, २०८१
Sancharmanch

वराहक्षेत्र कांग्रेसद्बारा बाढि पिढित मुसहर बस्तिमा राहत ।

शुक्रवार, कार्तिक ५, २०७८

नेपाली कांग्रेस वराहक्षेत्र नगर समितिले बाढि पिढित मुसहर बस्तिमा खाद्यन बितरण गरेको छ । वडा नं ४ कार्य समितिसंग समन्वय गरेर नेपाली कांग्रेस नगर समितिले वडामो प्रतापपुरका करिव १ सय मुसहर समुदायका परिवारलाई राहत प्रदान गरेको हो । दैनिकि ज्यालादारीमा काम गर्दै गुजारा गरिरहेका बस्तिका मुसहर परिवारलाई अबिरल बर्षाले रोजगारी र घरमै पानी बसे पछि दोहोरो चपेटामा परेका थिए । समिति खाद्यन त्यहि पनि पानिले भिजाई दिए पछि खाद्यनको जोह गर्न समस्या परेका उनिहरुलाई नेपाली कांग्रेसले राहत स्वरुप खाद्यन व्यवस्थापन गरिदिएको नेपाली कांग्रेसले बराहक्षेत्र नगर समितिका सभापति रमेश कार्कीले बताए । बुधबार बेलुका पहिलो चरणमा राहत बितरण गरिएको उक्त बस्तिमा शुक्रवार बिहान छुटेका परिवारलाई राहत बितरण गरिने सभापति कार्कीले बताए । उक्त राहत बितरण कार्यक्रममा नगर कार्य समितीका पदाधिकारी , सदस्य , वडा कार्य समितिका पदाधिकारी , सदस्य तथा नेपाली कांग्रेसका नेताहरुको उपस्थिति एव सहभागीता रहेको थियो ।

सम्बन्धित खबर