बुधवार, असोज ३०, २०८१
Sancharmanch

चक्रघट्टिमा पूर्वेली साहित्यिक मञ्चले प्रदेश स्तरित कबिता प्रतियोगिता गर्ने ।

शुक्रवार, कार्तिक ५, २०७८

वराहक्षेत्र नगरपालिकाको चक्रघट्टिमा पुर्वेली साहित्यिक मञ्चले प्रदेश नं १ स्तरिय कबिता प्रतियोगिता आयोजना गर्ने भएको छ । ११३ अौँ लक्ष्मी जयन्तीको अवसरमा "दोस्रो १ नम्बर प्रदेश स्तरीय कविता प्रतियोगिता" को आयोजना गर्ने मञ्चका अध्यक्ष कवि संन्तोष चौलागाईले बताउनुभयो । मञ्चले २०७६ सालमा १११ अौँ लक्ष्मीजयन्तीका अवसरमा पहिलो पटक कबिता प्रतियोगिता आयोजना गरेको थियो । शुभ दीपावली तथा नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीको अवसरमा मञ्चको स्थापनाकालदेखि नै प्रत्येक बर्ष अायोजना हुँदै अाएको लक्ष्मीजयन्ती बिशेष कार्यक्रम कोरोना महामारीका कारण गत बर्ष निरन्तरता दिन नसकिएको मञ्चका महा- सचिव कवि सुरक्षा निरौलाले बताउनुभयो । सोही कार्यक्रमलाई निरन्तरता दिँदै यस बर्ष आगामी कात्तिक १८ गते बिहिबारका दिन वराहक्षेत्र नगरपालिकाको चक्रघट्टीमा सो कार्यक्रमको आयोजना गर्ने तयारी गरिएको छ । 'प्रतियोगितामा प्रदेश नम्वर एक भरीबाट प्राप्त भएका कविताहरु मध्येबाट उत्कृष्ट २० कविता वाचनका लागि छानिनेछन् । सोही उत्कृष्ट २० कविताहरु अन्तिम चरण (फाइनल) मा वाचन हुनेछन् र तिनै कविताहरुबाट उत्कृष्ट ४ लाई पुरस्कृत गरिनेछ' मञ्चका अध्यक्ष कवि सन्तोष चौलागाईंले बताउनुभयो । प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय तथा सान्त्वना हुने कविहरुलाई क्रमशः नगद १० हजार , ५ हजार, २ हजार र १ हजार सहित प्रमाणपत्र प्रदान गरिने छ । "कात्तिक २ गतेदेखि कात्तिक १२ गतेसम्म प्रतियोगिताका लागि कविता पठाउन सकिनेछ कार्यक्रम संयोजक समेत रहेका मञ्चका उपाध्यक्ष कवि जीवन सापकोटाले बताउनुभयो । सूचना सार्वजनिक भएदेखि नै सोधपुछ र केही कविताहरू प्राप्त हुन थालिसकेकाले प्रतियोगिताका लागि १ नम्बर प्रदेशका १४ वटै जिल्लाहरूबाट उत्साहजनक रूपमा सहभागी अाउनेमा अाशावादी रहेको मञ्चकि महासचिव कवि सुरक्षा निरौलाले बताउनुभयो ।

सम्बन्धित खबर