बुधवार, असोज ३०, २०८१
Sancharmanch

धरानको रत्नरोडबाट स्रोत नखुलेको २२ तोला भन्दा बढी न र १८ लाख नगद सहित दुई जना पक्राउ ।

शुक्रवार, कार्तिक ५, २०७८

धरान २ रत्न रोडबाट स्रोत नखुलेको २५८ ग्राम २२ तोलाभन्दा बढी सुन र नगद १८ लाखसहित २ जनालाई धरान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-१५ का ४८ बर्षीय रामबहादुर श्रेष्ठ र धनकुटाको महालक्ष्मी नगरपालिका-२ का ३४ बर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । दिउँसो विशेष सुचनाको अाधारमा उनीहरुले सुन र पैसा धेरै बोकेको भन्ने प्रहरीलाई जानकारी प्राप्त भएकोले दुवैको साथबाट प्रहरीले ५ वटा सुनको चुरा जस्तो देखिने सुन र नगद १८ लाख वरामद भएको छ । सुनको बालाको कुल तौल २२ तोला २ आना २ लाल हुन्छ । नगद १८ लाख भने जेब्रा झोला भित्र रातो ब्यागमा फेला परेको थियो । पक्राउ परेका मामा भान्जा रहेको बताईएको छ । प्रहरीले बिशेष सुचनाको आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार अवैधरुपमा केही व्यक्तिले सुन बेच्न खोजिरहेको भन्ने सुचना पाएपछि प्रहरीले निगरानी बढाइएको डिएसपी कुँवरले बताए । सोही क्रममा उनीहरु रत्न रोडबाट पक्राउ परेका हुन् । ठूलो मात्राको सुन र नगदको स्रोत नखुलेकोले गर्दा यसबारेमा धरान प्रहरीले अनुसन्धान सुरु गरेको बताएको छ ।

सम्बन्धित खबर