बुधवार, असोज ३०, २०८१
Sancharmanch

धरानका किशोर राईद्बारा वराहक्षेत्रमा फुटबल सामाग्री प्रदान ।

शुक्रवार, कार्तिक ५, २०७८

अखिल नेपाल फुटवल संघ ( एन्फा) का मानार्थ बरिस्ठ उपध्यक्ष तथा प्रदेश नं १ का अध्यक्ष किशोर राईले वराहक्षेत्रमा फुटवल सामाग्री प्रदान गरेका छन् । नेपाली कांग्रेस धरानका पुर्व सभापति समेत रहेमा किशोरले वराहक्षेत्र - ७ तित्रिगाछिमा रहेको फुलबल क्लबलाई ५ थान फुटवल , नेट , फ्याल, चेन्जिङ्ग बोड र नगद १० हजार रकम प्रदान गरेका हुन् । तित्रिगाछि स्थिति महेन्द्र माबिको खेलमैदानमा ६ गतेबाट संञ्चालन हुने जिल्ला स्तरिय फुटबल प्रतियोगिताकालागि किशोर राई खेलमैदानमै पुगेर आयोजक क्लबका पदाधिकारीहरुलाई खेल सामाग्री र नगद हस्तान्तरण गरेका थिए । उक्त कार्यक्रममा बोल्दै किशोर राईले प्रतियोगितालाई नाफ मुखि बनाउन जोड दिएका थिए । उनले प्रतियोगितालाई निरन्तरता र किशोरहरुलाई फुटबलमा आक्रषण गराउन फुटबल क्लब लाग्नु पर्ने बताए । उक्त खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस वराहक्षेत्र सभापति रमेश कारकि, राई संघ सुनसरी सभापति सन्त राई,नेपाली कांग्रेस धरान निर्बतमान उप- सभापति महेन्द्र तामाङ , दलित संघ सुनसरी सचिब बिजय आछमी, दलित संघ धरान सभापति गणेश परियार , वराहक्षेत्र तरुण सभापति पवन राई, नेपाली कांग्रेस वराहक्षेत्रमा नेता माधब सुबेदि , दिपक मगर , खगेन्द्र दाहाल , लक्ष्मण थापा , अनिल थापा लगाए नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर