बुधवार, असोज ३०, २०८१
Sancharmanch

वराहक्षेत्रमा स्थानीय सरकार बिकासकालागि खलनायक

शुक्रवार, कार्तिक ५, २०७८

कांग्रेस सभापति कार्की नेपाली कांग्रेस वराहक्षेत्रका सभापति रमेश कार्कीले साढे ४ बर्षको समयमा स्थानिय सरकारले नगरबासीलाई बिकासको महसुस समेत गराउन नसकेको आरोप लगाएका छन् । बिकासको नाममा झारो टार्ने , बजेट सक्ने , कार्यकर्ता रिझाउने तर कुनै पनि दिघो बिकासमा स्थानिय सरकार नलागेको कार्कीले आरोप लगाए । शुक्रवार नेपाली कांग्रेस वडा नं ७ ले आयोजना गरेको बडा दशै, शुभ दिपावली, नेपाल सम्वत , छठ पर्वको अवशरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चिया पान कार्यक्रममा बोल्दै कार्कीले वराहक्षेत्रको बिकासमा स्थानीय सरकारले खलपत्रको भुमिका निर्वाह गरेको समेत आरोप लगाए। साढे ४ वर्षसम्म भुमिहिन, सुकुम्बासीहरुलाई लालपुर्जा दिने काममा चुइक नबोल्ने स्थानीय सरकारले चुनाबको मुखमा जग्गा नापि गर्छु भन्नु भोट लिने रणनीति मात्र भएको सभापति कार्कीले बताए । कार्कीले भन्ने जग्गा नाप्ने , लालपुर्जा दिन्छु भन्नु स्थानीय सरकारको भोट लिने रणनीति हो । अब होसियार हुनु पर्छ सोझा नगरवासिलाई झुकाउन स्थानीय सरकार लागेको छ । सबै सचेत हुनु पर्ने बेला आएको छ । साढे चार वर्ष अगाडिको प्रकासपुर, मधुवन , चक्रघट्टि , कालाबञ्जर र चतराको बिकासमा कुनै परिबर्तन आउन नसकेको बताउदै कार्कीले स्थानीय सरकारका मेयर , उप- मेयर र केही बडाध्यक्षहरु कमिसनको खेतिमा ढेकेदारहरुको व्यपारिक पाटन मात्र भएको बताए । वराहक्षेत्रवासिले असल जनप्रतिनिधि पाउन नसकेको समेत कार्कीले दावि गरे । वराहक्षेत्रमा अब सवैको मनमनको पार्टी कांग्रेस मात्र भएको दाबि गर्दै अब हुने स्थानीय तहको निर्वाचनमा काग्रेसले मेयर, उप- मेयर सहित सबै वडामा बिजयी हुने दाबि समेत गरे । उनले यसकालागि सबै तहका अग्रह नेता एब् सवै तहका कार्यक्रतालाई लाग्न आग्रह समेत गरे । दैनिक १२ घण्टा कांग्रेसको संगठनमा काम गर्ने र नगर भित्रका कांग्रेसका कार्यक्रतालाई निरास र क्षेत्रका आदारमा पक्षपात हुन नदिन लागि पर्ने समेत बताए । कार्कीले केही दिन यता परेको अबिरल बर्षाले मुसहर बस्ति लगाएत धेरै किसानमा मार्कामा पार्दा समेत स्थानिय सरकार चुपचाप लाचार जस्तै भएर बसेको आरोप लगाए । वडा सभापति केशब निरौलाको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा नेपाली कांग्रेस सुनसरी जिल्ला सदस्य मुना अधिकारि , किरात राई संघ सुनसरी सभापति सन्त राई , नेपाली कांग्रेस वराहक्षेत्र नगर सदस्य मञ्जु आचार्य , महिला बिभाग केन्द्रीय सदस्य राधिका कट्बाल, तरुण बिभाग प्रदेश नं १ सदस्य रोसन खड्का , क्षेत्रिय प्रतिनिधि कपिल आचार्य , खगेन्द्र दाहाल , लक्ष्मी फुयाल , वडा नं १ सभापति ईशवर थापा , वडा नं ३ सभापति पनुलाल धामि लगाएतले शुभकामना मन्तव्य राखेका थिए । उनिहरुले अधिवेशनको तितो मीठो भुलेर सबै एक भएर संगठन बिस्तार र सुदृढीकरणमा लाग्नु पर्नेमा जोड दिएका थिए ।

सम्बन्धित खबर