बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

दुर्गम क्षेत्रवाट युवा डक्टर वरुनको कोभिडमा योगदान ।

Posted by: tajasanchar desk
मङ्गलवार, असोज १९, २०७८


कोरोना भाइरसको दोश्रो लहर चलिरहदा पाँचथर जिल्ला अस्पतालले पनि आफुलाई कोभिड अस्पतालकोरुपमा विकास गरे सँगै डक्टर वरुन अग्रवालको भुमिका अतुलनिय छ ।


कोारोना भाइरसको दोश्रो लहरको महामारीले विश्वमा सन्त्रास बढिरहेको सन्दर्भमा पाँचथर स्थित जिल्ला अस्पतालमा पनि कोरोना संक्रमण भएका विरामीहरुको उपचार गर्ने हेतुले कोभिड अस्पताल सञ्चालनमा रहेको छ । हुनत देसै भरका स्वास्थ्यकर्मीहरु यतिबेला कोरोनासँगको लडाइमा लडिरहेको पाइन्छ । त्यसमा पनि पाँचथर जिल्ला एक भौगोलिक रुपमा दुर्गम पहाडि भु–बनोट भएको जिल्लाको रुपमा लिन सकिन्छ । विभिन्न श्रोत साधनको अभावका बाबजुत पनि कोरोना रोगथामका लागि जिल्ला अस्पताल सञ्चालक समिती, जिल्ला प्रशासन कार्यालय, नेपाल उद्योग वाणिज्य संघ साथै अस्पतालका इन्चार्ज (मे.सु.) लगायतको पहल र सकृयतामा सञ्चालित कोभिड स्पतालको प्रमुखको जिम्मेवारी पाएका डा.वरुन अग्रवालको सकृयता भने पाँचथर जिल्ला वासीका लागि वरदान सावित भएको छ । विभिन्न दातृ निकायहरुवाट प्राप्त सहयोग वाट अक्सिजनको प्रयाप्तता सहज भए सँगै विरामीको निकोहुने दर पनि उच्च रहेको जिल्ला अस्पतालमा भर्ना भएका विरामीहरुको राम्रो रेखदेख भए सँगै पोषण्युक्त खानाका लागि समेत स्वास्थ्यकर्मीहरुले प्रेरित गर्ने गरेको छ ।


पछिल्लो समय संक्रमणको दर वढिरहेको सन्दर्भमा दुर्गम क्षेत्र पाँचथरमा सञ्चालनमा आएको सरकारी कोभिड अस्पतालमा संक्रमीत नागरिकहरुको उपचार प्रणाली समेत अत्यन्तै प्रभावकारी रहेको छ । जिवनको अन्तिम अवस्था पुगेका विरामीहरुको हौसला वढाउन स्वास्थ्यकर्मीहरुको प्रयास सहारानिय रहेको साथै कोभिड सेक्सनमा कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मीहरुको सकारात्मक उर्जानै कोभिड सँग लड्ने शक्ति वनेको वताउँदै पाँचथरका सम्पुर्ण सरोकारवाला निकायहरुवाट राम्रो सहयोग रहेको वताउछन भेन्टिलेटर सञ्चालनको विषेस ज्ञान भएका डा. बरुन अग्रवाल ।


डा.वरुनको सकृयता आइसोलेसनमा मात्र सिमित छैन । सामाजिक सञ्जाल अन्तर्गत म्यासेन्जर ग्रुपपमा समेत कोरोनाका विरामिहरुलाई सकारात्मक उर्जा दिदै सहज वातावरण सिर्जना गर्ने काममा समेत महत्वपुर्ण भुमिका रहेको छ । पाँचथरका सामाजिक ब्यक्तित्व मंगल वेघाले सञ्चालनमा ल्याएको कोभिड नाइन्टिन काउसेलिङ ग्रुपमा कोभिड संक्रमण भएका लगभग दुइ सय भन्दा वढि विरामीहरु जोडिएर स्वास्थ्यलाभ लिइरहेका छन । जहाँ डा. बरुन अग्रवालको सल्लाह र सुझाव रहदै आएको छ । जस्ले गर्दा सामान्य विरामिहरुले घरमै स्वास्थ्य लाभ लिइरहेका छन । संक्रमण भएको समयमा सामान्य समस्याले पनि असामान्य चिन्ता वढाउने हुँदा विषेसज्ञ डक्टरको सुझाव अपरिहार्य रहेको सन्दर्भमा पाँचथर वाट समाजसेवी बेघाले सञ्चालनमा ल्याएको म्यासेन्जर सेवा प्रभावकारी वनेको छ । जहाँ पाँचथर जिल्ला अस्पतालका एच ए उमेश शाह तथा सोमनाथ दंगाल समेत काउन्सिल तथा कोभिड एच डि युमा डा.वरुनसँगै सकृय रहेका छन ।

सम्बन्धित खबर