बुधवार, असोज ३०, २०८१
Sancharmanch

‘किताब यात्रा फाउन्डेसन’ले आयोजना गर्ने ‘किताब जात्रा’ असोज १० गतेदेखि

Posted by:
बिहिवार, असोज १४, २०७८

हरेक वर्ष ‘किताब यात्रा फाउन्डेसन’ले आयोजना गर्ने ‘किताब जात्रा’ असोज १० गतेदेखि १६ गतेसम्म हुने भएको छ । फाउन्डेसनले बुधबार एक प्रेस नोट जारी गरी यस वर्षको ‘किताब जात्रा’ एक सातासम्म चल्ने जानकारी दिएको हो ।‘यस वर्ष पनि भौतिक रूपमा किताब जात्रा गर्ने योजना कोभिड–१९ महामारीको प्रभाव अझै कायम रहेकोले सम्भव हुन सकेन’, फाउन्डेसनका अध्यक्ष तथा ‘नबिल किताब जात्रा– २०७८’का फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले भन्नुभयो, ‘त्यसैले यस वर्ष पनि सेसनहरू एपीवान एचडी टेलिभिजन प्रशारण गरिनेछ । त्यसैगरी किताब जात्रा युट्युब च्यानलबाट पनि सेसनहरू हेर्न सकिनेछ ।’

‘किताब जात्रा’ असोज १० बेलुकी ५ बजेदेखि ७ बजेसम्म र त्यसपछिका दिनमा ६ बजेदेखि ७ बजेसम्म एपिवान टेलिभिजनमा हेर्न सकिनेछ । जात्रामा जोडिएको किताब नामलाई सार्थक बनाउन भने किताब यात्रा डटकमबाट नेपालमा उपलब्ध पुस्तकबारे जानकारी लिन र खरिद गर्न पनि सकिने उहाँले बताउनुभयो ।

सम्बन्धित खबर