बुधवार, असोज ३०, २०८१
Sancharmanch

मोती शोभा श्रेष्ठद्वारा लिखित उपन्यास सार्वजनिक

Posted by:
बिहिवार, असोज १४, २०७८

उपन्यासकार मोती शोभा श्रेष्ठद्वारा लिखित प्रकृति, सम्झनाको डायरी, सत्य र आमा र आँसु शीर्षकका चारवटा लघुउपन्यास एक समारोहका बीच लोकार्पण गरिएको छ । समारोहमा साहित्यकारहरु लोकेन्द्रबहादुर चन्द, कालीप्रसाद रिजाल, यादव खरेल, धु्रव मधिकर्मी र एसपी कोइरालाले संयुक्त रुपमा उपन्यासको लोकार्पण गर्नुभयो ।

लोकार्पणपछि बोल्दै प्रमुख अतिथि चन्दले ढिलो भए पनि लेखिकाले उपन्यास लेखेर नेपाली महिला र बालश्रमको बारेमा चेतनामूलक सन्देश दिएकोमा शुभकामना व्यक्त गर्नुभयो ।

कृतिहरुमाथि समीक्षात्मक टिप्पणी गर्दै कथाकार धु्रव मधिकर्मीले समाजमा नारीहरुको विभिन्न अवस्थाबारे लेखिएका यी उपन्यासबाट नारीहरुको पीडा, संघर्ष र सक्रियताको नमूनालाई प्रस्तुत गरिएको बताउनुभयो ।

कवि एसपी कोइरालाले लेखिकाले उपन्यासमार्फत समाजको यथार्थ चित्रण गरेको छ भन्नुभयो ।

कृतिका स्रष्टा श्रेष्ठले लकडाउनको बेलामा आफूभित्रको उकुसमुकुस र छटपटीलाई नै अभिव्यक्ति दिएको बताउनुभयो ।
कार्यक्रममा सविना श्रेष्ठ, सृजना श्रेष्ठ र संगीता सिग्देलले पनि बोल्नुभएको थियो ।

सम्बन्धित खबर