बुधवार, असोज ३०, २०८१
Sancharmanch

विष्णु पौडेल को आरोप : सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम रोक्यो

Posted by:
मङ्गलवार, असोज १२, २०७८

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काममा अवरोध गरिरहेको आरोप लगाएका छन् ।उपमहासचिव पौडेलले सो विमानस्थलको दोस्रो चरणको काम तत्काल अघि बढाउन पनि सरकारसँग माग गरे ।

उपमहासचिव पौडेलले सो विमानस्थलको दोस्रो चरणको काम अविलम्ब गराउन दवावकारी भूमिका निर्वाह गर्न पनि स्थानीयबासीलाई आह्वान गरे । ‘सेकेन्ड फेजको निर्माणको काम अघि बढाउन एडीबी ७ अर्ब लगानी गर्न तयार भएको बसेको छ ।

डिजाइनका काम सम्पन्न भएका छन् । अत्याधुनिक टर्मिनल निर्माणको डिजाइनको काम सकिएको छ । यो आयोजना अगाडि बढाउनका लागि सरकारले कुनै पनि प्रकारको विलम्ब ग¥यो भने हाम्रो निम्ति मान्य हुने छैन’ उनले भने ।

उपमहासचिव पौडेलले गृहजिल्ला रुपन्देहीलाई देशकै नमुना जिल्ला हुने गरी विकास गर्न आफू अर्थमन्त्री हुँदा बजेट विनियोजन गरेको बताए । उनले सिद्धार्थ राजमार्गको स्तरोन्नतिका लागि छुटट्याइएको बजेट सरकारले कटौतिी गरेको आरोप लगाए ।

सम्बन्धित खबर