बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

दक्षिण कोरियामा प्रत्येक वर्ष काटिन्छन १० लाख कुकुर!

Posted by:
मङ्गलवार, असोज १२, २०७८

दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनले कुकुरको मासु खान प्रतिबन्ध लगाउने बारेमा योजना गरिरहेको बताएका छन् । लुकिछिपी कुकुर काट्न नरोकिएपछि त्यसको मासु खान नै प्रतिबन्ध लगाउने बारे राष्ट्रपति मुनले योजना गरेका हुन्।

कोरियामा कुकुर तथा विराला काट्न देशमा प्रतिबन्ध छ। तर, उपभोगमा भने रोक छैन् । सरकारले हालै सार्वज्निक गरेको एक तथ्यांकअनुसार दक्षिण कोरियामा लुकिछिपी हरेक वर्ष दश लाख ककुर काटिन्छन्।

कोरियामा पछिल्लो समयमा यसको माग घटेको छ। धेरै कोरियालीले कुकुरलाई पाल्तु जनावरको रूपमा पाल्न थालेपछि अधिकांशले ककुर काट्न छोडेका छन् । जसका कारण देशका ठूला तीन ओटा कुकरको मासु बेच्ने पसल बन्द भएका छन्।

एक सर्वेक्षणमा ८० प्रतिशत कोरियालीले ककुरको मासु नखाने बताएका छन्। प्रधानमन्त्रीसँगको भेटमा राष्ट्रपति मुनले अब कुकुरको मासुमा प्रतिबन्ध लगाउनुपर्ने सुझाब दिएका थिए।

ककुरप्रेमी मुनले पहिलो पटक कुकुरको मासुमाथि पूर्ण प्रतिबन्ध लगाउने बारेमा छलफल गरेका हुन्। केही समयअघि उनले देशमा जथाभाबी छोडिएका जनावरहरूलाई राज्यले संरक्षण गर्नुपर्ने बताएका थिए।

सम्बन्धित खबर