बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

प्राविधिक रिपोर्ट नआउँदै बुद्धको जहाजलाई उडान अनुमति !

Posted by: tajasanchar
मङ्गलवार, असोज १२, २०७८

सोमबार प्राविधिक समस्या आएर ग्राउण्डेड गराइएको बुद्धको ९ एन-एएनआइ कलसाइनको जहाजले २४ घण्टा नबित्दै उडान सुरु गरेको छ। कम्पनीको यो जहाजमार्फत मंगलबार विहानैदेखि नियमित उडान सुरु गरिएको छ।


नागरिक उड्डयन प्राधिकरण अन्तर्गत हवाई सुरक्षा विभाग र कम्पनीको प्राविधिक टोलीले विस्तृत निरीक्षण गरेर जहाजमा प्राविधिक गडबडी नरहेको कम्पनीका सूचना अधिकारी दीपेन्द्र कुमार कर्णले बताए।

प्राविधिक टोलीले जहाजमा कुनै समस्या नरहेको जनाएपछि विहानै दुईवटा उडान गरिसेकको उनले जानकारी दिए। 'हिजो दिउँसैदेखि यो जहाज इन्सपेक्सनमा राखिएको थियो। एयरक्राफ्ट उत्पादक कम्पनीले तयार गरेको मेन्टिनेन्स म्यानुअलको आधारमा जहाज रिलिज गरिएको हो। सबै क्राइटेरिया पुरा गरेर जहाज छोडिएको हो,' विभागका एक कर्मचारीले भने।

यो घटना अनुसन्धानका लागि वरिष्ठ क्याप्टेन दधिराम निरौलाको संयोजकत्वमा छानबिन समिति गठन गरिएको प्राधिकरणले जनाएको छ। 

सम्बन्धित खबर