बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सुनको मूल्यमा ३ सय रुपैयाँको गिरावट

Posted by: tajasanchar
मङ्गलवार, असोज १२, २०७८

 साताको दोस्रो दिन जसरी तेस्रो दिन पनि सुनको मूल्यमा ३ सय रुपैयाँको समान गिरावट आएको छ। सोमबार तोलामा ३ सय रुपैयाँले घटेको सुन मंगलबार पुनः त्यति नै घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि सुनको कारोबार मूल्य प्रतितोला ८९ हजार रुपैयाँ निर्धारण भएको छ। सोमबार सुनको मूल्य बढ्ने क्रममा प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्यमा पनि थोरै गिरावट आएको छ। मंगलबार चाँदी ५ रुपैयाँ घट्दा प्रतितोला ११ सय ५५ रुपैयाँ भएको छ । सोमबार १० रुपैयाँ बढ्दा प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य थोरै घटेको छ। मंगलबार सुन प्रतिऔंस १७५१ .५५ डलर र चाँदी २२.६५ डलरमा कारोबार भइरहेको छ।


सम्बन्धित खबर