बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

मध्य भोटेकोशी आइपीओ साेमबार बाँडफाँट

Posted by: tajasanchar
सोमवार, असोज ११, २०७८

मध्य भोटेकोशी जलविद्युत कम्पनीले आयोजना प्रभावितका लागि बिक्री खुला गरेको आइपीओ साेमबार बाँडफाँट भएको छ। सोमबार बिहान ९ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको आफ्नै कार्यालय नक्साल, काठमाडौंमा आइपीओ बाँडफाँट भएको हो।

बाँडफाट भएको उक्त सेयरमा एक सय ८० कित्तासम्मका लागि आवेदन दिनेले माग अनुसार सेयर हात पारेका छन् भने एक सय ९० कित्तादेखि चार सय कित्तासम्मका लागि आववेदन दिने दुई हजार तीन सय १३ जनाले गोलाप्रथाबाट थप १० कित्ता गरि १९० कित्तासम्म सेयर पाएका छन्।

त्यस्तै, आयोजना प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गत कुल आवेदकहरूमध्येबाट १० देखि ४० कित्तासम्मका लागि आवेदन दिनेले माग अनुसार र ५० देखि चार सय कित्तासम्म माग गर्नेलाई गोलाप्रथाको माध्यमबाट ४० हजार पाँच सय ४८ जनाले थप १० कित्ताका दरले सेयर हात परेका छन्।

सम्बन्धित खबर