बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

सोमबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

Posted by: tajasanchar desk
सोमवार, असोज ११, २०७८

साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ८९ हजाररुपैयाँ कायम भएकोमा साेमबार तीन सय रुपैयाँले बढेर ८९ हजार तीन सय रुपैयाँ कायम भएको हो।

साेमबार छापावाल सुन प्रति १० ग्राम ७६ हजार पाँच सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। तेजाबी सुन प्रतितोला ८८ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी प्रति १० ग्राम ७६ हजार एक सय ७५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ।

सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । साेमबार चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला एक हजार एक सय ६० रुपैयाँ कायम भएको छ । आइतबार एक हजार १५० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदी प्रति १० ग्राम नौ सय ९४ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ।

सम्बन्धित खबर