बुधवार, असोज ३०, २०८१
Sancharmanch

‘कपिल शर्मा शो’ माथी उजुरी

Posted by:
शनिवार, असोज ९, २०७८

भारतीय कमेडी टेलिभिजन शो ‘द कपिल शर्मा शो’विरुद्ध मध्यप्रदेशको शिवपुरी जिल्ला अदालतमा उजुरी परेको छ । उजुरीकर्ताले शोको प्रसारक संस्था सोनी टीभीमाथि शोको एक एपिसोडविरुद्ध एफआईआर दर्ता गरेका छन् ।

उजुरीकर्ताले शोको एक एपिसोडमा केही कलाकार मञ्चमा आएर खुल्ला रुपमा मदिरा पिएको अभिनय गरेको आरोप लगाएका छन् । त्यो बोतलमा ‘मदिरा पिउनु स्वास्थ्यका लागि हानिकारक हो’ भनि लेखिए पनि त्यसको पालना नगरेको दाबी उजुरीकर्ताको छ ।

सम्बन्धित खबर