बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

लघुवित्तको ५ लाख २२ हजार कित्ता आईपीओ आउदै

Posted by: tajasanchar
शनिवार, असोज ९, २०७८

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ ।

आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ भने नियामक निकाय नेपाल धितोपत्रबाट स्वीकृति पाएपछि कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।

आईपीओ निष्कासन गर्नका लागि कम्पनीले इक्रा नेपालमा रेटिङ गराइसकेको छ ।

कम्पनीले निष्कासन गर्ने आईपीओलाई इक्रा नेपालले इक्रा एनपीआईआर बिबि रेटिङ प्रदान गरेको हो ।

सम्बन्धित खबर