बुधवार, असोज ३०, २०८१
Sancharmanch

रोयल च्यालेन्जर्स बैंगलोर को लगातार दोस्रो हार

Posted by: tajasanchar
शनिवार, असोज ९, २०७८

ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले लगातार दोस्रो हार बेहोरेको छ । कोरोना महामारीका कारण यूएईमा भइरहेको आईपीएलमा बैंगलोरलाई चेन्नई सुपर किङ्सले हराएको हो ।

शारजहाँमा शुक्रबार राति भएको खेलमा चेन्नईले बैंगलोरलाई ६ विकेटले हराएको हो । बैंगलोरले दिएको १५७ रनको विजयी लक्ष्य चेन्नईले १८.१ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो ।

यो जितसँगै चेन्नईले ९ खेलमा १४ अंक जोडेको छ । चेन्नई शीर्ष स्थानमा पुग्न सफल भएको छ । बैंगलोर ९ खेलमा १० अंकसहित तेस्रो स्थानमा रहेको छ ।दोस्रो स्थानको दिल्ली क्यापिटल्सको ९ खेलबाट १४ अंक नै रहेको छ । 

सम्बन्धित खबर