बुधवार, असोज ३०, २०८१
Sancharmanch

अन्तिम मिनेटमा गोल गर्दै बार्सिलोना हारबाट जोगियो

बिहिवार, असोज ७, २०७८

एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना हारबाट जोगिएको छ ।

सोमबार राति खेलको अन्तिम मिनेटमा गोल गर्दै बार्सिलोना हारबाट जोगिएको हो ।

घरेलु मैदानमा हारतर्फ उन्मुख बार्सिलोनाले खेलको अन्तिम मिनेटमा गोल गर्दै ग्रानाडासंग १–१ गोलको बराबरी खेल्यो ।

खेलको अन्तिम मिनेटमा बार्सिलोनाका लागि रोनाल्ड अरौजो बराबरी गोल फर्काएका थिए ।

खेलमा अग्रता पाहुना टोली ग्रानाडाले खेलको दोस्रो मिनेटमै कौटिन्हो मेनेसेस डुआर्टेको गोलबाट लिएको थियो ।

पछिल्लो नतिजाले प्रशिक्षक रोनाल्डो कोम्यानमाथि दबाब थपिएको छ । घरेलु मैदानमै बार्सिलोना नतिजा निकाल्न संघर्षरत देखिन थालेको छ ।

बार्सिलोना यस सिजन स्पेनिस लिगमा अपराजित छ ।

उसले चार खेलबाट ७ अंक जुटाएको छ ।

तालिकामा सातौं स्थानमा छ ।

सम्बन्धित खबर