बुधवार, असोज ३०, २०८१
Sancharmanch

हराउँदै पिङ खेल्ने मौलिक संस्कृति

Posted by: tajasanchar
बिहिवार, असोज ७, २०७८

हिन्दूको महान् चाड दशैं तिहारमा पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो मौलिक संस्कृति हराउँदै गएको छ ।

दशैं आउनु केही समयअघिदेखि पिङ हालेर खेलिने मौलिक परम्परा पछिल्लो पुस्तामा कम चासो भएसँगै हराउन लागेको छ ।

झन् यस वर्ष कोभिड –१९ का त्रासका कारण दशैंका बेला हालिँदै आएको पिङ हालिएको छैन । विगतमा दशैं आउनुअघि नै कोही डोरी त कोही बाँस तथा काठको जोहो गर्न थाल्थे ।विभिन्न स्थानमा दर्जनाँै दर्जन रोटेपिङ, जाँतेपिङ र लिङ्गे पिङ हालेर बालबालिकादेखि युवाको भीड हुने गथ्र्याे ।विस्तारै समाजका युवाले आधुनिक कलासंस्कृतिलाई अंँगाल्न लागेपछि मौलिक संस्कृतिका अङ्ग पिङप्रति बेवास्ता बढेको पाइन्छ । वर्षमा एक चोटि धर्ती छाड्नुपर्छ भन्ने जनविश्वास पनि विस्तारै टुट्दै गएको छ ।

आधुनिकताको विकास क्रमसँगै विभिन्न मेलामहोत्सवमा राखिने आधुनिक प्रविधिको पिङ खेल्न पाइने भएपछि परम्परागत पिङप्रति चासो तथा चाहना मानिसमा हराउन थालेको छ । प्रत्येक वर्ष दशैं तिहारमा पिङ हाली खेलेर आए पनि केही वर्षदेखि पिङ नै लोप हुन थालेकाछन्। विगतमा वर्षेनी दशैंं तिहारमा लिङ्गे तथा रोटेपिङ हालेर खेल्ने खेलाउने गरिएता पनि गाउँघरमा केही वर्षदेखि लोप हुँदै गएको गाउँशहरका बासिन्दा बताउँछन् । जिल्ला प्रशासन कार्यालयद्वारा केही दिनअघि एक सूचना जारी गर्दै भीडभाड नगर्न आग्रह गरिएपछि जिल्लाबासीले पिङ निर्माणप्रति चासो दिएनन् ।

सम्बन्धित खबर