बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

साहस उर्जा लिमिटेडको ७० लाख कित्ता आईपीओ आजदेखि

Posted by: jhapa
बुधवार, असोज ६, २०७८

साहस उर्जा लिमिटेडको ७० लाख कित्ता आईपीओ आजदेखि निष्कासन तथा बिक्री खुल्ला भएको छ ।  कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७० लाख कित्ता साधारण सेयर निष्काशन गरेको छ ।

उक्त सेयरमा सर्वसाधारणले असोज ६ गतेदेखि असोज १० गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा पूर्ण आवेदन नपरेमा असोज २० गतेसम्म आवेदन दिने मिति लम्बिनेछ। सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।

कम्पनीले पहिलो चरणमा साउन २९ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीयका आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।

लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट तथा सीडीएस एन्ड क्लियरिङद्वारा सञ्चालित मेरो सेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

सम्बन्धित खबर