बुधवार, असोज ३०, २०८१
Sancharmanch

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई कारवाही गर्न समितिले सुझाव

Posted by: tajasanchar
बुधवार, असोज ६, २०७८

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई कारवाही गर्न जाँचबुझ समितिले सुझाव दिएको छ ।
समितिले यससम्बन्धी प्रतिवेदन मंगलबार अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएको छ । प्रतिवेदनमा अध्यक्ष ढुंगानाले ऐनको बर्खिलाप हुनेगरी सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद गरेको साथै हचुवामै ५१ वटा कम्पनीको सेयर जोखिमयुक्त रहेको भन्दै विज्ञप्ति जारी गरेको पनि आंैल्याइएको छ ।
“सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिदका साथै ५१ वटा कम्पनीको सेयर जोखिमयुक्त रहेको सूची सार्वजनिक गरेको विषयलाई पनि अध्यक्ष ढुंगानाको गल्तीका रुपमा औंल्याइएको छ
गत भदौ १६ गतेको मन्त्रीपरिषद् बैठकले ढुंगानालाई निलम्बन गर्नुका साथै छानविन गर्न जाँचबुझ समिति गठन गरेको थियो ।
जाँचबुझ प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले यसको अध्ययन गरेर सरकारले आवश्यक निर्णय गर्ने बताए । अध्ययन प्रतिवेदनको निष्कर्ष तथा सुझावले धितोपत्र सम्बन्धी कारोबारलाई व्यवस्थित र सुरक्षित गर्न तथा पुँजी बजारका सम्पूर्ण लगानीकर्ताहरुको हित रक्षामा सहयोगी हुने उनको दावी थियो ।
बोर्ड अध्यक्ष ढुंगानाले छोरी रेविका ढुंगानाको नाममा र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सीईओ चन्द्रसिंह साउदले श्रीमतीका नाममा बुक बिल्डिङमार्फत साधारण सेयर जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद गरेको सञ्चारमाध्ममार्फत सार्वजनिक भएको थियो । यस आरोपमा मुछिएका साउदले भने छानविन समिति गठन गर्नुअघि नै राजीनामा दिइसकेका छन् ।

सम्बन्धित खबर