बुधवार, असोज ३०, २०८१
Sancharmanch

कृषि विकास बैंकले जारी गर्यो क्रेडिट कार्ड

Posted by: tajasanchar
मङ्गलवार, असोज ५, २०७८

आधुनिक प्रविधिको विकास संगै बैंकिङ्ग क्षेत्रमा विभिन्न किसिमका वस्तु तथा सेवाको विकास एवम विस्तार भईरहेको छ ।

यसै क्रममा कृषि विकास बैक लिमिटेडले आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ्ग सेवाको पहुँच पु–याउन, बजारको माग तथा ग्राहकको आवश्यकता अनुसार आधुनिक वस्तु तथा सेवाहरु उपलव्ध गराउदै आईरहेको अवस्थामा यस बैकले २०७८ साल बैशाख महिनाबाट क्रेडिट कार्ड व्यवसायको शुरुवात गरिसकेको छ ।
हालसम्म यस बैकले ७८ वटा कार्डहरु जारी गरिसकेको छ । नेपालका सरकारीस्तरका बैकहरुमा यो सेवा प्रदान गर्ने पहिलो बैक भएको छ । कार्यालयको कार्यक्षेत्र भित्र बसोवास गरी दिगो आयश्रोत भएका विश्वासिला नेपाली नागरिकहरु, यस बैकका पूर्व कर्मचारीहरु तथा बैकका कर्मचारीहरुले यो सुविधा प्राप्त गर्न सक्नेछन् ।

यस बैककले जारी गरेको क्रेडिट कार्डको सिमा न्यूनतम रु २५,००० देखि अधिकतम रु १०,००,००० सम्म कायम गरिएको छ । त्यसैगरी एम्व कोम्प्लिअन्के,कन्ट्याक्ट्लेस पय्मेन्ट फिचरस्, नेपाल र भारतमा चल्ने, पोस टेर्मिनल मार्फत विभिन्न वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सकिने आदि विशेषताहरु रहेका छन् । साथै उक्त बैंकले क्रेडिट कार्ड सुविधा लिन आफूलाई पायक पर्ने कृषि विकास बैंक लि ।का शाखा कार्यालयहरुमा सम्पर्क राख्न सम्पूर्ण ग्राहक महानुभावहरुमा समेत अनुरोध गरेको छ ।

सम्बन्धित खबर