बुधवार, असोज ३०, २०८१
Sancharmanch

स्वस्थ जीवनशैली कसरी अपनाउने ?

Posted by: tajasanchar
सोमवार, असोज ४, २०७८

जीवनशैलीका कारण ९० प्रतिशत रोगहरू जन्मन्छन् भने स्वस्थ जीवनशैलीबाट नै ९० प्रतिशत रोगहरू ठीक पनि हुने गर्छन्। स्वस्थ शरीरको लागि हामीले धेरै लगानी गर्नु पर्दैन हाम्रो दिनचर्या र खानपान सही प्रकारको बनाए माात्र पुग्दछ । । हामीले आफ्नो दैनिकी, खानपान, सोचाईलाई सही ढङ्गमा परिवर्तन गरी स्वस्थ जीवनशैली बनाई स्वस्थ शरीरको साथमा जीवन व्यतीत गर्न थोरै सुधार गनुपर्छ । स्वास्थ्यमा परिवर्तन त्यतिखेर मात्रै देखिन्छ जब आफ्नो तर्फबाट मेहनत गरिन्छ ।

१.चिनी र प्रशोधित कार्वोहाइडे्रट कम भएका खाना खानुहोस् -मिठाई, सफ्ट ड्रिङ्क, धेरै गुलिया फलफूल र पाउरोटी थोरै खानुहोस् । यसको सट्टा कम गुलिया फलफूल, ताजा जुस र होल ग्रेन ब्रेड छान्नुहोस् ।

२.व्यायाम गर्नुहोस् -व्यायाम गरेर हामी स्वस्थ रहन सक्छौं। व्यायामले हाम्रो शरीरलाई फिट राख्छ र मांसपेशीहरुलाई मजबुत बनाउँछ। यसले हाम्रो रोग प्रतिरोधी क्षमता पनि बढाउँछ।

३.हिँड्ने बानी बसाल्नुहोस् -छोटो दुरीको लागि वा १५/२० मिनेट लाग्ने ठाँउमा कतै जाँदा कार वा मोटरसाइकल प्रयोग गर्नुको सट्टा आफ्नो गन्तव्यसम्म हिँडेर वा साइकलमा जानुहोस् । यदि तपाईं सार्वजनिक यातायातको प्रयोग गर्नुहुन्छ एक स्टप अगाडि नै उत्रिएर केही बेर हिँडेर गन्तव्यमा जानुहोस् ।

४.धुम्रपान र मदिरा नपिउनुहोस् -धुम्रपान गर्नाले मुटुरोग, कलेजोको रोग र कैयौं प्रकारका क्यान्सर जस्ता स्वास्थ्यसँग जोडिएका समस्याहरु हुन सक्छन् । त्यस्तै मदिरा पिउनाले कलेजोको रोग, क्यान्सर, मुटुरोग, अल्कोहल पोइजनिङ र डिप्रेशन जस्ता रोगहरु हुने सम्भावना हुन्छ । त्यसैले धुम्रपान र मद्यपानबाट टाढै रहनुहोस् ।

५. सकरात्मका सोच राख्नुहोस् सँधै सकरात्मका सोच राख्नुहोस् र सदैव खुसी कसरी हुने भनेर जानकारी लिनुहोस् । स्वस्थ शरीरको लागि हामीले सकरात्मक सोचको विकास गर्न जरुरी हुन्छ। नकारात्मक सोचाईले मनलाई थकाउँछ र शरीरलाई गलाउँछ। हामीले एकघण्टा सम्म मनमा नकारात्मक भाव पैदा गरी आफनो शरीरको अवस्था जाँच्ने हो भने त्यसबेला हाम्रो शरीर १२ घण्टा कडा काम गरे भन्दा धेरै थाकेको महसुस हुन्छ। मन मस्तिष्कलाई सधै सकारात्मक कुरामा लगाउने, असल आचरण, व्यवहार गर्ने, प्रेमपूर्ण हुने, अरूको प्रशंसा गर्ने, आफूभन्दा आदरणीय व्यक्तिलाई आदर गर्ने, जहाँ जस्तो परिस्थितिमा पनि सकारात्मक अभिव्यक्ति दिने, अरूको सहयोगप्रति अथवा जीवनमा जसले पनि हामीलाई सानो कुरामा सहयोग गरेको छ भने पनि अहोभाव व्यक्त गर्ने बानी नै सकारात्मक सोच बढाउने उपाय हुन् ।

६.नियमित धेरै पानी पिउनुहोस् -नियमित धेरै पानी पिउनुहोस् । वयष्क मानिसको लागि दैनिक ८ देखि १० गिलास पानी पिउन राम्रो हुन्छ ।

७.पर्याप्त निद्रा -स्वस्थ शरीरको लागि गहिरो र पर्याप्त निद्रामा निदाउन आवस्यक हुन्छ। शरीरलाई आराम प्रदान गर्न, उर्जा दिन र भोलिपल्ट अझै बढी फूर्तिलो भएर काम गर्न शरीरलाई पर्याप्त निद्रा आवश्यक हुन्छ। दैनिक रूपमा साना बच्चाहरुलाई १० देखि १४ घन्टाको निन्द्राको आवश्यकता हुन्छ भने किशोर किशोरीलाई ८/१० घन्टाको निन्द्रा आवश्यक हुन्छ र वयष्कहरुलाई ७/९ घन्टाको निन्द्राको जरूरत हुन्छ।

८.मुस्कुराउनुहोस् कसैसँग कुराकानी गर्दा थोरै मुस्कुराउनुहोस् र हाँस्दा दिल खोलेर हाँस्ने कोसिस गर्नुहोस् । तपाईं धेरै राम्रो र स्वस्थ महसुस गर्नुहुनेछ ।

९.सफा कपडा लगाउनुहोस् सफा कपडाले नै तपाईंको व्यक्तित्वलाई सुन्दर र आर्कषक बनाउँछ । विशेष रुपले आफ्नो अण्डरवेयर र मोजा दैनिक फेर्ने गर्नुहोस् ।

१०.शारीरिक श्रम गर्नुहोस् बंगैचाको हेरचाह र घरको रेखदेख जस्ता शारीरिक श्रम आवश्यक हुने काम गर्नाले तपाईंको शारीरको व्यायाम हुन्छ । त्यस्तै तपाईं कार्यालयमा वा कतै सपिङमा जाँदा लिफ्टको सिँढि चढ्ने बानी बसाल्नुहोस् । त्यस्तै कतै जाँदा गाडि वरै रोकेर वा कार्यालयमा लञ्च ब्रेकको क्रममा केही बेर हिँडेर पनि आफ्नो दिनचर्यामा गतिलाई बढाउन सक्नुहुन्छ ।

११. योगा गर्नुहोस् योगा गर्नुहोस् मानसिक र शारिरीक तनाबबाट बच्नुहोस् ।,

सम्बन्धित खबर