बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

मालिकले आफ्ना कर्मचारीसँग यस्तो व्यवहार गरे

Posted by: tajasanchar
सोमवार, असोज ४, २०७८

सामाजिक संजालमा यी मालिक र कर्मचारीबीचको विवादको फोटो भाइरल भइरहेको छ ।

खासमा एक कर्मचारीले कैयौं दिनदेखि मालिकसँग पैसा मागिरहेका थिए । यो कुराले रिसाएका मालिकले कर्मचारीसँग बदला लिनको लागि उनको तलब सिक्काको रुपमा दिए । मालिकले तलबको रुपमा सिक्का भरिएको बाल्टिन थमाइदिए । त्यो बाल्टिन घर लैजान ती कर्मचारीको पसिना छुट्यो किनकि सिक्का भरिएको बाल्टिनको तौल करिब ३० किलो थियो । सामाजिक संजालमा भाइरल भइरहेको तस्वीरमा एउटा बाल्टिन सिक्काले भरिएको देख्न सकिन्छ ।

फोटो सामाजिक संजालमा शेयर गर्ने व्यक्तिले लेखेअनुसार एक हप्तासम्म मालिकसँग पारिश्रमिक मागेपछि मालिकले यसरी भुक्तानी दिएका थिए । डेली मिररका अनुसार यी कर्मचारी एक बारमा काम गर्थे र उनको नाम रियान केओघ हो । उनी डबलिनमा साउथ विलियम स्ट्रिटमा मालिकसँग आफ्नो पारिश्रमिक माग्न गएका थिए । त्यहाँ मालिकले उनलाई सिक्काले भरिएको बाल्टिन थमाइदिए ।

सम्बन्धित खबर