बिहिवार, कार्तिक १, २०८१
Sancharmanch

नेपाली कांग्रेस नगर सचिव युवा उमेरद्वार दिवाकर प्रसाइ सग सवाल जवाफ

Posted by: tajasanchar.com
सोमवार, असोज ४, २०७८

समाचार स्रोत; इ टाइम्स दैनिकाका पारस तिम्सिनाले गरेको कुराकानी

ताप्लेजुङ्ग फुलवारी गाविस वडा नम्बर ५ चोप्पुर बस्ने स्वः डिल्लीराम प्रसाई(थरी) र बिष्णुमायाँ बिमली प्रसाईको नाती पुण्य प्रसाद प्रसाई र बिमला देबी कार्की प्रसाईको ३ भाई छोरा मध्ये जेठो छोराको रुपमा बिर्तामोड–३ बिर्ताबजारमा जन्मीएका दिवाकर प्रसाई हाल नेपाली कांग्रेसको नगर समिति सदस्य, बिर्ता जेसिजको कोषाध्यक्ष हुन् । राजनितिक जुझारु युवा प्रसाई हुन गईरहेको कांग्रेसकोे १४ औ महाधिवेशन अन्तरगत असोज ९ गते हुने बिर्तामोड नगरको सचिव पदमा उठेका छन् । उनिसँग पारस तिम्सिनाले गरेको कुराकानी जस्ताको तस्तै – 

१) तपाई नेपाली कांग्रेसमा बिद्यार्थी कालबाटै हो ?
– बास्तबमै म बिद्यार्थी रहदै नेपाल बिद्यार्थी संघमा आबद्ध भएको थिए । र, नेवीसंघको राजनितबाटै म नेपाली कांग्रेस पाटीमा काम गर्दै आएको छु ।
२) बिर्तामोड नगर सचिवमा पुनः उमेद्धारी दिनुभएछ, जित्नुहुन्छ ?
–म मात्र होईन, हाम्रो टिमले जित्ने निश्चित रहेको छ ।
३) टिमले जित्ने आधार के–के छन् त ?
–सम्पुर्ण पार्टी क्रियाशिलमाझ हाम्रो टिमले काम गरेको छ । पार्टी भित्र हामी लोकप्रीय छौँ । र, भावी कार्यनिति हाम्रो उत्कृष्ट छ ।
४) कुन–कुन संघ–संस्थामा आवद्ध रहेर काम गर्दै आउनु भयो ?
–मैले बिर्ता सामुदायीक प्रहरी सेवा केन्द्रको संस्थापक सदस्य, रोट्रयाक क्लब अफ बिर्तामोडको पुर्व अध्यक्ष, बिर्ता जेसिजको बर्तमान कोषाध्यक्ष, नेपाली कांग्रेसको वर्तमान नगर समिति सदस्य, रेडक्रसको सदस्य लगायतका संघ–संस्थामा काम गर्दै आएको छु ।
५) पार्टीको चुनावी अभियान कहाँ पुग्यो ?
–हामी प्रायः बिर्तामोड नगरभित्रका सबै वडाहरुमा अभियानको रुपमा पुगीसकेका छौँ । क्षेत्रीय प्रतिनिधीहरुको मनसाय सकरात्मक पाएको छु ।
६) चुनाव असोज ९ गते नै हुन्छ त ?
–चुनाव हुन्छ । असोज ९ गते उमेद्धारको मनोनयन हुन्छ, १० गते मतदान हुने कुरा छ ।
७) जीतेपछी के गर्नुहुन्छ ?
–चुनाव जितेपछी पहीलो कुरा त संगठनमा काम गर्ने, पाटी बलीयो बनाउने र आंम जनाताको काममा लाग्ने साथै पाटीको आफ्नो कार्यालय भवन निर्माणमा जुट्ने ।
८) सोच मात्र की ब्यवहारमै लाग्ने हो ?
–सोच नबनाई ब्यावहारमा काम हुदैन । त्यसैले काम गर्न सकरात्मक सोच बनाउनु नै पहीलो कुरा हो ।
९) भनेपछी तपाईको टिमको जीत पक्का–पक्की हो ?
–भन्नै पर्दैन । भोजराज सिटौलाको हाम्रो टिम भनेको युवाहरु सहीतको समावेशी र त्यागी टिम हो । जिवन नै राजनितिक सेवामा समर्पीत भएको टिमले जित्नुपर्छ भन्ने कुरा हो र, जितिन्छ ।
१०) अन्त्यमा केही भए ?
–सम्पुर्ण नेपाली कांग्रेसजनमा, मतदाता क्षेत्रीय प्रतिनिधीज्युहरुमा आफ्नो अमुल्य मत दिई म सहीतको हाम्रो टिमलाई मतदान गरेर बिजयी बनाउनु हुन हार्दीक आग्रह,अनुरोध गर्दछु ।

सम्बन्धित खबर