बुधवार, असोज ३०, २०८१
Sancharmanch

धनगढी एफसी को कप्तान ;किरण चेमजोङ

Posted by: KATHMANDU
शुक्रवार, वैशाख १०, २०७८

नेपाल सुपर लिग को टोली धनगढी एफसी को कप्तानी किरण चेमजोङ ले पाएका छन । नेपाली राष्ट्रिय टोली का पहिलो रोजाइ का गोलकिपर चेमजोङ कप्तान पनि हुन । किरनलाई कप्तानीको जिम्मेवारी दिइएको कुरा क्लबले पनि पुष्टी गरेको छ । मार्की खेलाडी बिशाल राइ रहेको टिममा युगल किशोर राइ र फुजा टोपे प्रशिक्षक रहेका छन । त्यसबाहेक टोलीमा दिनेश राजवंशी, रुपेश केसी, निशान खड्का, ओलावाले हाफिज, पुजन उपरकोटी जस्ता युवा र अनुवभी खेलाडीहरुको पनि सम्मिश्रणत रहेको छ । बिना दर्शक बैशाख ११ गते शनिबारदेखि दशरथ रंगशालामा शुरु हुन गईरहेको सुपर लिगमा नेपालको विभिन्न सात शहरका फ्रेन्चाईज टोलीहरुले प्रतिस्पर्धा गर्दैछन् । धनगढीले लिगमा आफ्नो पहिलो खेल बैशाख १२ गतेका दिन बिराटनगर सिटी एफसीसँग खेल्नेछ ।

सम्बन्धित खबर